Loading Events
  • This event has passed.

« All Events

Dhanraj Giri Ekal Sanjh

April 26, 2025 @ 3:00 pm – 9:30 pm

सरी, भ्यानकुभर (क्यानडा), २९ मार्च २०२५ — नेपाली साहित्य समाज क्यानडाको आयोजनामा सरी, भ्यानकुभरमा “धनराज गिरी एकल साँझ” भव्य रूपमा सम्पन्न भयो। नेपाली साहित्यप्रेमीहरू तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रमले नेपाली साहित्य र स्रष्टाको सम्मान गर्ने उद्देश्यलाई सार्थक बनायो।

कार्यक्रमको संयोजन बिना श्रेष्ठले गर्नुभएको थियो भने शिला शर्माले कार्यक्रम सञ्चालन तथा आफ्नो शार्दूलविक्रीडित छन्दमा लेखिएको कविता वाचन गर्नुभएको थियो। कार्यक्रमको सूत्रधार मानकाजी श्रेष्ठ “जेना”ले स्रष्टा धनराज गिरीमाथि लेखिएको आफ्नै कविता वाचन गरेर भावनात्मक एवं रोचक वातावरण सिर्जना गर्नुभयो।

कार्यक्रमको शुभारम्भ शुष्मा प्रधानको सुमधुर स्वरमा मङ्लधुन बन्दनाबाट भएको थियो, जसले साँझलाई आध्यात्मिक ऊर्जा र सांगीतिक मिठासले भरिपूर्ण बनायो। मिनू राजभण्डारीले आफ्नो मन्तव्य राख्नुभएको थियो भने शिला सैंजुले मन्तव्य तथा आफ्नो कविता वाचन गर्नुभएको थियो। सो अवसरमा धनराज गिरीज्युले आरजु गिरीको “हिमाली सुन्दरी गजल”, आदरणीय गज़लकार शेखेर अस्तित्वज्युको “अब छोड त्यो आकाश र पातालका कुरा ” गज़ल पनि गाउनु भएको थियो।

उक्त अवसरमा कवि धनराज गिरी र उहाँकी जीवनसंगिनी सीता गिरीलाई विशेष सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा गिरी दम्पतीको योगदानको उच्च मूल्याङ्कन गरिएको थियो। उहाँकी छोरी अनिता गिरीले उहाँको लेखन यात्रा, संघर्ष र प्रेरणादायी यात्राको वर्णन गर्दै उहाँप्रति गहिरो श्रद्धा र सम्मान प्रकट गर्नुभयो।

कार्यक्रमको अन्त्यमा नेपाली साहित्य समाज क्यानडाका अध्यक्ष प्रेम देवकोटाले धन्यवाद ज्ञापन गर्दै सबै सहभागी, अतिथि, संयोजक र दर्शकप्रति आभार प्रकट गर्नुभयो।

धनराज गिरी एकल साँझले साहित्यिक चेतना अभिवृद्धि गर्ने मात्र होइन, प्रवासमा नेपाली सिर्जनशीलतालाई अझै मजबुत बनाउन प्रेरणा दिएको स्पष्ट भएको छ।

📖 धनराज गिरीज्यूको साहित्यिक योगदानलाई सम्मान गर्न आयोजित यो भिडियो हेर्नुहोस् र नेपाली साहित्यको यात्रामा हामीसँगै हुनुहोस्।