-
सरी, भ्यानकुभर (क्यानडा), २९ मार्च २०२५ — नेपाली साहित्य समाज क्यानडाको आयोजनामा सरी, भ्यानकुभरमा "धनराज गिरी एकल साँझ" भव्य रूपमा सम्पन्न भयो। नेपाली साहित्यप्रेमीहरू तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रमले नेपाली साहित्य र स्रष्टाको सम्मान गर्ने उद्देश्यलाई सार्थक बनायो। कार्यक्रमको संयोजन बिना श्रेष्ठले गर्नुभएको थियो भने शिला शर्माले कार्यक्रम सञ्चालन तथा आफ्नो शार्दूलविक्रीडित छन्दमा...
